एनएमबि लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । 

सोही प्रस्ताव पारित गर्न लघुवित्तले पुस २६ गते, सोमबार नवौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा होटल पोखरा ग्राण्ड, पार्दी पोखरा, कास्कीमा बिहान ११ बजे शुरु हुनेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस ९ गतेदेखि पुस २६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयधरनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया