राष्ट्र बैंकले माग्यो ८२ कर्मचारी, पुष १५ गतेसम्म अनलाइन आवेदन दिन सकिने

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ८२ जना कर्मचारी माग गरेको छ । शुक्रबार विज्ञापनमार्फत विभिन्न पदमा कर्मचारी माग गरेको हो । 

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले विज्ञापनमा अनलाइन आवेदन दिन सक्ने राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विभागले जनाएको छ ।

विज्ञापनअनुसार प्रशासन सेवातर्फ ४५ जना सहायक निर्देशक अधिकृत तृतीय मागेको छ । यस्तै सहायक निर्देशक लेखा परीक्षण ६ जना लगायत अन्य पदमा जनशक्ति भर्ना गर्ने उल्लेख छ।

योग्यता पुगेका इच्छुकले आजखि पुष १५ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । यस्तै पुष २२ गतेसम्म दोब्बर दस्तुरमा अनलाइन दरखास्त दिन सकिने बैंकले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया