काठमाडौं - समता घरेलु लघुवित्त वित्तीय संस्था संस्थाको २० प्रतिशत हकप्रद सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार १ सय २५ रूपैयाँ ८३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।
नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार ३ सय ५१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । संस्थाले एफपिओ जारी गर्ने बिशेष प्रस्ताव सहति वार्षिक साधारण सभा आह्वान गरेको छ ।
संस्थाको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८ औँ वार्षिक साधारण सभा पुस ७ गते, बिहिबार हुनेछ ।
सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
प्रतिक्रिया