काठमाडौं - नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा आवद्ध चार जना व्यवसायीले केन्द्रीय सदस्यको उम्मेदवारी दिने बताएका छन् ।
एसोसिएसनका संस्थापक अध्यक्ष तिलक रानाभाट, संस्थापक उपाध्यक्ष सिता देवकोटा पाण्डे, संस्थापक सदस्य अब्दुल सत्तार र ताप्लेजुङका युवा व्यवसायी युवराज गुरुङले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने बताएका छन् ।
सम्मान कार्यक्रममा उनीहरूले आफुहरूको जितले विगत लामो समयदेखि राष्ट्रको अर्थतन्त्रमा अतुलनीय योगदान दिएको वैदेशिक रोजगार क्षेत्रको सम्मान र कदर हुने भन्दै सक्रिय सहयोगको अपेक्षा गरेकोे बताए ।
एसोसिएसन अध्यक्ष नरेन्द्रप्रसाद ढकालले एसोसिएसनको स्थापनामा अतुलनीय योगदान गरेका तीन जना व्यवसायी नेपाली कांग्रेसजस्तो पुरानो प्रजातान्त्रिक पार्टीको केन्द्रीय सदस्य जस्तो सम्मानित पदमा प्रतिस्पर्धामा उत्रनु एसोसिएसनका लागि गर्वको विषय भन्दै उम्मेद्वारहरूलाई अत्यधिक मतका साथ विजयी गराउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गरिएको बताए ।
प्रतिक्रिया