नेप्सेमा लक्ष्मी बैंक र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले लक्ष्मी बैंक र नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन गरेको हो ।

लक्ष्मी बैंक
लक्ष्मी बैंक साधारण सभा तथा लाभांश विरतण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकको ८ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंक शेयरमूल्य २७० रुपैयाँ ३७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार बैंकको शेयर प्रतिकित्ता २९२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

बैंकले ८ प्रतिशत बोनस र साढे ३ प्रतिशत नगद गरी कुला ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न पुस ८ गते अग्रवाल भवन, कमलपोखरीमा एक्काइसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा दिनको २ बजे शुरु हुनेछ ।

नारायणी डेभलपमेन्ट बैंक 
नारायणी डेभलपमेन्ट बैंक साधारण सभा तथा लाभांश विरतण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकको १०० प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजनपश्चात बैंक शेयरमूल्य ४७८ रुपैयाँ कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बिहीबार बैंकको ८५६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

बैंकले पुस ७ गतेदेखि हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको छ । यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्नेछ ।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया