पुनर्बीमा ब्रोकर लाइसेन्सका लागि अधिकृत पूँजी १० करोड हुनुपर्ने

४ बर्ष अगाडि

काठमाडौं - बीमा समितिले पुनर्बीमा दलाल ९ब्रोकर० सञ्चालनको लागि अनुमति दिने तयारी थालेको छ । पुनर्बीमा ब्रोकरको लाइसेन्स वितरण गर्ने तयारी स्वरुप समितिले पुनर्बीमा दलाल ९ब्रोकर० सम्बन्धी निर्देशिका २०७८ जारी गरेपछि प्रकृया अघि बढेको हो ।

समितिले गत जेठमा पुनर्बीमा दलाल ९ब्रोकर० सम्बन्धी निर्देशिका जारी गरेको थियो । नेपालमा एउटा पनि पुनर्बीमा ब्रोकर नभएको बताउदै उनले प्रकृया पुर्याएर आउने सबैले लाइसेन्स पाउने बताइएको छ । नेपालमै पुनर्बीमा ब्रोकर कम्पनी सञ्चालनमा आएपछि रोजगार समेत सिर्जना हुने बताईएको छ ।

पुनर्बीमा ब्रोकरको लागि अनुमति माग्दै हालसम्म १९ कम्पनीहरुले आवेदन दिएको बीमा समितिले जनाएको छ । त्यसमध्ये प्रकृया पुर्याएर आएका योग्य सबै कम्पनीलाई लाईसेन्स दिन समितिको तयारी छ ।

समितिले जारी गरेको निर्देशिका अनुसार पुनर्बीमा ब्रोकरको अधिकृत पूँजी न्यूनतम १० करोड रुपैयाँ हुनुपर्नेछ । पूँजीमध्येबाट अधिकृत पूँजीको २५ प्रतिशत रकम बीमा समितिबाट एअर मार्क गराई वाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, अधिकृत पूँजी तथा चुक्ता पूँजी सम्बन्धी अन्य व्यवस्था समितिले समय समयमा तोकिए बमोजिम हुने उल्लेख गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया