वैदेशिक रोजगारका लागि कोरिया जाने नेपाली कामदारलाई १५ सय डलरसम्म सटही  सुविधा

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारको सिलसिलामा दक्षिण कोरिया जाने नेपाली कामदारलाई थप सटही सुविधा दिन छुट दिएको छ । राष्ट्र बैंकले बैंक तथा  वित्तीय संस्थालाइ बिहीबार एक निर्देशन जारी गर्दै यो सुविधा  दिएको हो ।

कोरोनाका कारण क्वारेन्टिन खर्च बापत् थप व्यवस्था गर्नुपर्ने व्यहोरा खुलेको वैदेशिक रोजगार विभागको पत्रको आधार थप अधिकतम १५ सय डलरसम्म विद्युतीय कार्डको माध्यमबाट सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ ।

पछिल्लो समय विदेशी मुद्राको सञ्चिति कम भएपछि विभिन्न नियमनबाट विदेशी मुद्रा खर्च कटौती गर्ने उपायको खोजीमा राष्ट्र बैंक रहेको छ त्यसैले १५ सय डलसम्म सटही सुविधा उपलब्ध गराउने भने पनि सो सटही रकम नगदमा उपलब्ध नगराएर विद्युतीय कार्ड मार्फत मात्र उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

सामान्यतया नयाँ वैदेशिक रोजगारीमा जानको लागि राहदानीबापत अधिकतम २ सय डलरसम्म मात्र सटही सुविधा उपलब्ध गराउने व्यवस्था छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया