६७ लाख देखि ७० लाख मूल्य पर्ने एमजी ब्रान्डको नयाँ एसयुभी हेक्टर सार्वजनिक, यस्ता छन् फिचर

४ बर्ष अगाडि

काठमाडौं-नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले काठमाडौंमा एमजी ब्रान्डको नयाँ एसयुभी हेक्टर सार्वजनिक गरेको छ ।

आज पारामाउन्ट मोटर्सले एक कार्यक्रम गर्दै द अल न्यु हेक्टर सार्वजनिक गरेको हो। १.५ लिटर टर्बोचाज्र्ड पेट्रोल र हाईब्रिड इन्जिनमा १४ सय ५२ सीसीको हेक्टर २ वटा अप्सनमा उपलब्ध हुने पारामाउन्ट मोटर्सले जनाएको छ।

गाडीको अधिकतम पावर ५ हजार आरपीएममा १४३ पिएस र २५० एनएम टर्क जेनेरेट गर्छ। अगाडि पछाडि डिस्क ब्रेक रहेको गाडीमा ६० लिटर फिउल ट्यांक रहेको छ।

गाडीको लम्बाई ४६ सय ५५ एमएम, चौडाई १८ सय ३५, उचाई १७ सय ६० रहेको छ। हेक्टर २०२१ मोडलमा २६.४ सिएमको एचडी टचस्क्रिन सिस्टम रहेको छ।

हेक्टरको सेफ्टी फिचर्समा ३६० क्यामेरा, फ्रन्ट पार्किङ सेन्सर, एयर ब्याग, ईएसपी, टीसीएस, हिलहोल्ड कन्ट्रोल, इलेक्ट्रिक ब्रेक, रिभर्स क्यामेरा लगायत रहेको छ। ३ वटा भेरियन्टमा हेक्टर उपलब्ध रहेको छ। जसअनुसार साइन भेरियन्ट एमटीको मूल्य ५९ लाख ९९ हजार र सिभीटीको ६४ लाख ९९ हजार तोकिएको छ।

स्मार्ट एमटीमा ६७ लाख ९९ हजार र सीभीटीमा ७० लाख ६० हजार रहेको छ। सार्प भेरियन्टमा एमटीको मूल्य ७३ लाख ९९ हजार र सीभीटीको मूल्य ७८ लाख २५ हजार मूल्य रहेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया