काठमाडौं, एसएस राजामौलीको एक्सन थ्रिलर फिल्म ‘आरआरआर’ को हिन्दी ट्रेलर सार्वजनिक भएको छ । फिल्मको कहानी तेलुगु फ्रिडम फाइटर अल्लूरी सीताराम राज र कोमाराम भीममाथि आधारित छ । यस फिल्ममा राम चरण र जूनियर एनटीआर मुख्य भूमिकामा छन् ।
तीन मिनटको ट्रेलरमा अजय देवगन र आलिया भट्टलाई केही सेकेन्डको मात्र ‘स्क्रिन स्पेश’ मिलेको छ । फिल्मको कथा केवी विजयेन्द्र प्रसादले लेखेका हुन् । २०२२ को ७ जनवरी (माघ २४) बाट प्रदर्शनमा आउने फिल्मको बजेट ४ सय करोड रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । फिल्ममा श्रिया सरन अलिविया मोरिस, रे स्टीवेन्सन, एलिसन डूडीको पनि अभिनय छ ।
यो फिल्म हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ । नेपालमा समेत निकै प्रतिक्षीत रहेको यो फिल्मले भारतमा मात्र प्रदर्शनको पहिलो दिन ८० करोडभन्दा माथिको व्यापार गर्ने अनुमान गरिएको छ । साउथ र बलिउड कलाकारको मिश्रण रहेको यस फिल्मले प्रदर्शनभन्दा अगावै थिएट्रिकल राइट्सबाट लगानी उठाइसकेको छ ।
प्रतिक्रिया