काठमाडौं, बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको १२.१२ योजनामा रु.२ हजारसम्म छुट पाउनेछन् ।
पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले आफ्नो कार्ड बाहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै रु. २ हजारसम्मको विशेष छुटको योजना ल्याएको हो । जस अन्र्तगत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १०% वा अधिकतम् रु २ हजारसम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् ।
बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरेमा १०% वा अधिकतम रु.१ हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १०% वा अधिकतम रु.२ हजारसम्म छुटको पाउनेछन् । यो योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी रु. २ हजारसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया