९४५१ जनाको परीक्षणमा २११ जनामा संक्रमण पुष्टि, ३२९ जना निको हुदाँ सक्रिय संक्रमितको संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८०१८ पीसीआर परीक्षणमा १४३३ एन्टिजेन परीक्षणमा गरी कुल ९४५१ जनाको परीक्षणमा २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३२९ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन । योसंगै मुलुक भर ८ लाख ५ हजार ९०० संक्रमण मुक्त भइसेकका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा  २ जनाको कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । यो संगै मुलुक भर कोरोनाका कारण ११ हजार ५४९ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया