नेपाली काँग्रेसको खातामा १० करोड

४ बर्ष अगाडि

नेपाली काँग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा बसेको केन्द्रीय समितिको बैठकमा कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा पार्टीको बैंक खातामा १० करोड मौज्दात रहेको देखिएको हो । 

केन्द्रीय समितिको बैठकले आर्थिक प्रतिवेदन पारित गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको छ । 
त्यस्तै, पार्टी उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पनि आफ्नो प्रतिवेदन पेस गरेको थियो । त्यो पनि बैठकले पारित गरेको छ ।

बैठकले पारित गरेका सबै प्रतिवेदन महाधिवेशनको बन्दसत्रमा छलफलका लागि प्रस्तुत हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले जानकारी गराए । 

त्यस्तै, महासमितिले परिमार्जन गरेको विधानलाई पनि केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ । अनुमोदित विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुनेछ । महाधिवेशन सम्पन्न गर्नका लागि विभिन्न १८ वटा समितिहरु गठन गरिएको छ ।

बैठकले मिडिया संयोजनको जिम्मेवारी नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यलाई दिएको छ । निर्वाचनबारे जानकारी गराउने काम अधिवक्ता केशव रिजालले गराउने बताइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया