शेयर बजारको ओरालो यात्रा कायमै, कारोबार रकम २ अर्बमा खुम्चियो

४ बर्ष अगाडि

काठमाडौं-साताको अन्तिम कारोबारको दिन (बिहीबार) पनि शेयर बजार घट्नेक्रम जारी रहेको छ । नेपाल स्टक एक्सेन्च (नेप्से) सूचकका साथमा खरिदबिक्री रकम पनि सुस्ताएको छ । 

यस दिन  नेप्से सूचक ५.८४ अंकले घटेर २४४९.९७ विन्दुमा आइपुगेको छ । नेप्से ०.२४ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.४३ अंकले बढेर ४६५.२३ विन्दुमा पुगेको छ । 

कूल २३१ वटा कम्पनीको ६२ लाख २३ हजार ७ सय २१ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रूपैयाँ बराबरको कारोबार भएको छ ।यो औसतभन्दा निकै कम कारोबार रकम हो ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी १० वटा उपसमूहको शेयर घटेको छ । 

बिहीबार हिमालयन डिष्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ८५ लाख ५२ हजार २ सय ५ रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज सीनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको सेयरमूल्य ४.५५ प्रतिशतले बढेर ४ सय १८ रूपैयाँ २० पैसा पुगेको छ । 

यस दिन पनि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले नै सबैभन्दा धेरै गुमाएका छन् । संस्थाको शेयरमूल्य ५.८२ प्रतिशतले घटेर एक हजार एक सय रूपैयाँमा झरेको छ । संस्थाले लाभांश नदिने घोषणा गरेसँगै यसको सेयरमूल्यमा नकारात्मक प्रभाव परेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया