सेबोनले दियो एभेरेष्ट बैंकलाई २ अर्बको ऋणपत्र निष्काशन गर्ने अनुमति

४ बर्ष अगाडि

काठमाडौं - एभेरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनले) बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।

बैंकले १ हजार अंकित मूल्यका दरले २० लाख कित्ता इकाई भएको ‘एभरेष्ट बैंक डिबेञ्चर’ नामक ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । ८ वर्षे अवधि रहेको उक्त डिबेञ्चरमा वार्षिक ८.५ प्रतिशत ब्याज उपलब्ध हुनेछ ।

बैंकले कुल इकाईमध्ये १२ लाख इकाई व्यक्तिगत तबरबाट बिक्री गर्ने र बाँकी रहेको ८ लाख इकाई सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया