शाइन रेसुंगा डेभलपमेन्ट बैंककोे साधारण सभा मंसिर २९ गते, ११.५ प्रतिशत लाभांश प्रस्ताव

४ बर्ष अगाडि

काठमाडौं, शाइन रेसुंगा डेभलपमेन्ट बैंकले मंसिर २९ गते साधारण सभा बोलाएको छ । सभा महाराजा रिसोर्ट, बुटवल रुपन्देहीमा बिहान ११ बजे सुरु हुनेछ । 

सभामा बैंकले ११.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १०.९३ प्रतिशतद बोनस शेयर र कर तिर्न ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । 
 
आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सभा प्रयोजनका लागि शाइनले मंसिर १७ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । मंसिर १६ गतेसम्म कायम शेयरधनीले लाभांश सुरक्षित गरेका छन्।
 

४ बर्ष अगाडि

प्रतिक्रिया