करिब २ लाख रकम र जुवा खेलिरहेका ६ जना पक्राउ

४ बर्ष अगाडि

दाङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार  घोराही उपमहानगरपालिका १३ डुम्मर गाउँका  निमबहादुर भण्डारीको घरमा जुवा खेलिरहेको अवस्थामा एक लाख ९७ हजार सात सय ५५ रुपैया सहित ६ जुवाडेलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ डुम्मरगाउँ निवासी ३२ वर्षीय निमबहादुर भण्डारी, रोल्पा माडी गाउँपालिका ४ निवासी ५७ वर्षीय रणे वली, सोही गाउँपालिका ३ निवासी ४० वर्षीय कुल बहादुर खड्का, सोही ठाउँका ३० वर्षीय रामकृष्ण खड्का, ४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका ४ निवासी ३८ वर्षीय ललित बुढा रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया