अब ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकबाट भुक्तानी गर्न सकिने

४ बर्ष अगाडि

काठमाडौं - राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ । 

सम्भौतापश्चात अब विदेशबाट ईसेवामनी ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स् राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण शाखाहरुबाट भुक्तानी गर्न सकिनेछ ।

उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया