सिटिजन्स बैंकद्धारा ८ लाखभन्दा बढी नगद हस्तान्तरण

४ बर्ष अगाडि

काठामाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको लघुवित्त परियोजनाअन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा निजका पति जब्बर अली तेलीलाई रु. ३ लाख ६५ हजार ७७४.६० तथा अर्का ग्राहक फूलमती कोरीको मृत्यु भएकामा निजका छोरा रामचन्द्र कोरीलाई रु. ४ लाख ५४ हजार १२२.५८ नगद हस्तान्तरण गरेको छ। 

उक्त रकम सिटिजन्स बैंकका  प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यही मंसिर २१ गते एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्। लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजकिरिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दाबी गरी सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो


सिटिजन्स बैंकले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाइमार्फत करिब १४ हजार विपन्न महिलालाई लघुवित्त बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया