काठमाडौं, सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा डोकेको छ।
आईपीओ निष्कासनको मुख्य एजेन्डासहित कम्पनीले साधारणसभा आउँदो पुस १४ गते आयोजना गर्ने भएको हो । सभा काठमाण्डौको अनामनगरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेबाट हुनेछ। कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासनका लागि विद्युत नियमन आयोगबाट पूस्वीकृति लिने विशेष प्रस्ताव पारित गर्नेछ। कम्पनीको प्रबन्धपत्र, नियमावलीमा प्रस्ताव भएबमोजिम आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सोही सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि अनुमोदन गर्नेछ।
प्रतिक्रिया