काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक १.४० अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार ५३.०९ अंक घटेर २४५५.८१ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा १.४० अंक घटेर २४५४.४२ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.३० अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५ कम्पनीको ८६ हजार ४७२ रुपैयाँ बराबरको १२० कित्ता शेयर खरिदबिक्री भएको छ। जमसध्ये ३ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
प्रतिक्रिया