काठमाडौं - घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको आठौँ वार्षिक साधारण सभा पौष १६ गते सासा ब्याङ्क्वेट, नयाँ बजार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्धी छलफल गरि पारित गरिने छ ।
कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि पौष ५ गतेदेखि पौष १६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया