वोमीसँग मर्जरमा जाने र लाभांश पारितका लागि सूर्योदय लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधरण सभा बोलाएको  छ । कम्पनीले आफ्नो ८औं वार्षिक साधारण सभा पुष १६ गते पुतलीबजार नगरपालिका वडा नं. ३, स्याङ्जा (सहयात्री पार्टी प्यालेस गुडिखोला) मा बिहान ११ बजे सुरु गर्ने भएको छ । 

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको गत आवको मुनफाबाट चुक्तापूँजी २४ करोड ८० लाखको २० प्रतिशत बोनस शेयर वितरण पारित गर्नेछ । साथै उक्त सभाले सूर्योदय लघुवित्त र वोमी लघुवित्त एकआपसमा गाभिने वा मर्जरमा जाने विषय उपर छलफल गरी पारित गर्नेछ । 

दुई लघुवित्त एकआपसमा गाभिएपछि गठन हुने संचालक समितिमा सूर्योदय लघुवित्तको तर्फबाट प्रतिनिधित्व गर्ने संचालन चयन गर्ने सभाको एजेण्डा रहेको छ । साथै दुई लघुवित्त गाभिएपछि संस्थाको नाम ‘सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था’ नामबाट वित्तीय कारोबार सुरु हुनेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष १ गतेदेखि पुष १६ गतेसम्म शेयर दाखिला खारेज दता बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया