आजसम्म कायम शेयरधनीले मात्र नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिन पाउने

४ बर्ष अगाडि

काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि भोलि मंसिर २४ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेकोले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

बैंकले पुस ७ गतेबाट १ बराबर १ को अनुपातमा  कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । पुस ७ गतेबाट निष्कासन गरिने उक्त हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । 

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया