रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति प्रतिशत ?

४ बर्ष अगाडि

काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । 

मंसिर २४ र २५ गते शुक्रबार र शनिबार नेप्सेमा कारोबार बन्द हुने भएकाले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा पौष ११ गते, आइतबार, अनमोल बैंक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको असोज १८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई करसहित चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया