यूएईमा विश्वमै पहिलो पटक हप्ताको साढे चार दिन मात्र काम गर्ने निर्णय, नेपाली कामदारलाई राहत

४ बर्ष अगाडि

काठमाडौं - युनाइटेड अरब इमिरेट्स (यूएई) ले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोकेको निर्णय सार्वजनिक गरेको छ ।  यूएई सरकारले शुक्रबारदेखि आइतबारसम्म लागू हुने गरी  हप्ताको साढे चार दिन मात्र काम गर्ने निर्णय मंगलबार सार्वजनिक गरेको थियो । 

विश्वका अन्य देशमा हप्ताको ६ दिन दैनिक ८ घण्टा काम गर्नु परेको अवस्था छ । यूएईले विश्वमै पहिलो पटक साढे चार दिनको कार्य हप्ता तोकेको निर्णय सार्वजनिक गरेकोे हो । 

नयाँ निर्णय अनुसार अब शुक्रबार आधा दिनपछि शनिवार र आइतबार बिदा दिएर साढे चार दिनको कार्य हप्ता हुने गल्फ न्यूजले जनाएको छ । नयाँ निर्णय आगामी जनवरी पहिलो तारेखदेखि कार्यान्वयनमा आउने बताइएको छ । त्यसका लागि यूएईको निजी क्षेत्रले तीन हप्ताको तयारी समय पाएको छ । 

साढे चार दिनको कार्य हप्ता हुने भएपछि त्यसबाट नेपालबाट वैदेशिक रोजगारीमा जानेसहित आप्रवासी कामदारहरूलाई राहत मिल्ने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया