नेप्सेले प्रतिकित्ता ६ सय २९ रूपैयाँ ८२ पैसा कायम हुने गरी नेप्सेमा आइसिएफसी फाइनान्सको सेयरमूल्य समायोजन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आइसिएफसी फाइनान्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज मंसिर २३ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको १० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय २९ रूपैयाँ ८२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ७ सय ३ रुपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया