नेप्सेमा स्वाभिमान लघुवित्तको सेयरमूल्य समायोजन

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि आज मंसिर २३ गते देखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, हिजो मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तको ३२.३० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ९ सय १९ रूपैयाँ ८८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ हजार ५ सय ४० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

लघुवित्तको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ५ औँ वार्षिक साधारण सभा पुस १० गते, सनिबार संस्थाको केन्द्रिय कार्यलय तिलोत्तमा, रुपन्देहीमा भर्चुअल माध्यामबाट अपरान्ह १ बजेबाट सूरु हुनेछ । 

सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया