एकर्ड फर्मास्युटिकल्सले आइपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल

४ बर्ष अगाडि

काठमाडौं, एकर्ड फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा ४ लाख ८० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रति कित्ता अंकित मुल्य १०० रुपैयाँ दरको ४ लाख ८० हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । मंसीर २१ गते ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा एकर्ड फर्मास्युटिकल्सको तर्फबाट अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

अधिकृत पुँजी ६५ करोड र जारी पुँजी ४८ करोड रहेको यस फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय काठमाडौंको तीनकुने सुविधानगरमा रहेको छ भने ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लुभूमा औषधि उत्पादन गर्ने कारखाना रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया