काठमाडौं - स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले सभा पुष १५ गते एलिस रिसेप्सन, गैरिधारा, काठमाडौंमा बिहान ११ बजेका लागि बोलाएको हो ।
सभाले संचालक समितिबाट प्रस्तावित कायम चुक्तापूँजी १ अर्ब रुपैयाँबाट १९ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) समेत गरी कुल २५ प्रतिशत लाभांश पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि पुष ६ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया