२० प्रतिशत बोनस पारितका लागि वोमी लघुवित्तले पुस १६ गते डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १६ गते १० औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा पुस १६ गते गर्ने निर्णय गरेको हो ।  लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो पुस १ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ४१ करोड १९ लाख ४४ हजार ४०० रुपैयाँ २० प्रतिशतले हुन आउने ८ करोड २३ लाख ८८ हजार ८८० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

४ बर्ष अगाडि

प्रतिक्रिया