काठमाडौं - रैराङ हाइड्रोपावर कम्पनीले लाभांश सेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले शेयरधनीको खातामा १२.६०५ नगद लाभांश जम्मा गरिदिएको हो ।
कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई मात्र नगद लाभांश जम्मा गरिदिएको जनाएको छ ।
हालसम्म पनि सेयर भौतिक रुपमा राख्ने सेयरधनीलाई तत्काल डिम्याट गर्न कम्पनीले आग्रह गरेको छ । साथै बैंक खाता अद्यावधिक गराएपछि मात्र नगद लाभांश खातामा आउने भएकाले तत्काल डिम्याट गर्न पनि कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया