नेपाल पुनर्बीमा कम्पनीको १९ प्रतिशत लाभांशले पायो स्वीकृत

४ बर्ष अगाडि

काठमाडौं - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश स्वीकृत भएको छ । अर्थ मन्त्रालयको मंसिर २० गतेको निर्णयबाट उक्त लाभांश स्वीकृत भएको हो । 

कम्पनीले चुक्ता पुँजीको १६.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

सोही लाभांश बीमा समितिले यसअघि नै असोज ४ गते स्वीकृती प्रदान गरिसकेको छ । अब उक्त लाभांश कम्पनीको साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया