२० प्रतिशत लाभांश पारित गर्न गणपति लघुवित्तले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साभा बोलाएको हो । 

लघुवित्तले पुस १७ गते ह्वाइट हाउस पार्टि प्यालेस, दुलेगौंडा, तनहुँमा पाँचौं वार्षिक साधारण सभा डकेको हो । सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १ प्रतिशत बोनस शेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस ९ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया