काठमाडौ - नेको इन्स्योरेन्स कम्पनी आजबाट ज्ञानेश्वरस्थित नयाँ भवनमा सर्दैछ । स्थापनाको २५ वर्षपछि कम्पनीले काठमाडौंको ज्ञानेश्वर ओरालोमा भव्य नयाँ भवन निर्माण गरेको हो ।
कम्पनीले करिब २० करोड लागतमा बनाएको भवन तयार भएको जनाएको छ । पाँच तल्लो भवनमा केन्द्रीय कार्यालय र कर्पोरेट कायालय रहनेछ ।
नेको इन्स्योरेन्स कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराई, सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले आज विहान १०ः०० बजे भव्य रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया