दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुन-कुनको ?

४ बर्ष अगाडि

काठमाडौं - दुई कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ स्वाभिमान लघुवित्त र आइसीएफसी फाइनान्सले भोलि अर्थात मंसिर २३ गते बिहीबार बुकक्लोज गर्दैछन् ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

लघुवित्तले पुस ८ गते दिउँसो १ देखि अनलाईनको माध्यमबाट पाँचौ वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ३२.३० प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनाको लागि १।७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस ५ गते, आम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौँमा अठारौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया