लागूऔषध र खुकुरीसहित चार जना पक्राउ, ३ करोड ४ लाख ठगी आरोपमा गुरुङ पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं महानगरपालिका(१६ पकनाजोलबाट अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पोल्यान्ड करिब २ सय ५० ग्राम, गाँजा करिब ६० ग्राम, जरायोको सिङ जस्तो देखिने एक थान टुक्रा र एक थान खुकुरीसहित मंगलबार दिउँसो प्रहरीले चार जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा काठमाडौं-१६ पकनाजोल डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-११ का २२ वर्षीय बुद्ध लामा, २७ वर्षीय विक्रम तामाङ, १८ वर्षीय किशोर र काठमाडौं महानगरपालिका(१७ डल्लु बस्ने काभ्रे तिमाल गाउँपालिका-६ घर भएका मानदेव भन्ने ३३ वर्षीय दोर्जे तामाङ रहेका छन् ।

यस्तै प्रहरीले ३ करोड ४ लाख रुपैयाँ ठगीको आरोपमा लमजुङ बेंसीसहर नगरपालिका–६ घर भई काठमाडौं टोखा नगरपालिका–३ बस्ने ४१ वर्षीय सन्दिपकुमार गुरुङलाई पक्राउ गरेको छ ।

गुरुङले विभिन्न व्यक्तिहरुलाई आफूलाई भूपु ब्रिटिस आर्मीको परिचय दिई महाराजगञ्जस्थित चप्पल कारखानास्थित ‘पुन एकेडेमी अफ हेयर एण्ड ब्युटी’को व्यवसायी तथा जग्गा प्लानिङका लागि रकम आवश्यकता भएको भन्दै रकम मागेर ठगी गरेको प्रहरीले जनाएको छ ।

विभिन्न व्यक्तिसँग रकम लिई निजहरुलाई खातामा रकम नरहेको विभिन्न बैंकहरुका ३ करोड ४ लाख रुपैयाँ रकमको चेक दिएर ठगी गरेको जाहेरीको आधारमा टोखाबाट गुरुङलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

४ बर्ष अगाडि

प्रतिक्रिया