काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई समुन्नत स्किम १ को मूल्य समायोजन भएको छ । ग्लोबल आइएमई समुन्नत स्किमले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
कम्पनीको १०० प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात ग्लोबल आइएमई समुन्नत स्किमको इकाईमूलय १० रुपैयाँ ८८ पैसा कायम भएको छ ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात मंगलबार स्किमको इकाई प्रतिकित्ता २० रुपैयाँ ८८ पैसामा अन्तिम कारोबार भएको थियो ।
प्रतिक्रिया