एक्सल डेभलपमेन्ट बैंकको २७ हजार २५७ कित्ता हकप्रद मंसिर २९ बाट बिक्रमा आउने

४ बर्ष अगाडि

काठमाडौं - एक्सल डेभलपमेन्ट बैंकले हकप्रदमा अवितरित साधारण सेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ ।  

कम्पनीले सर्वसाधारण समुहतर्फ २७ हजार २५७ कित्ता सेयर लिलाम बढाबढमा राखेको हो । इच्छुक आवेदकले मंसिर २९ गतेदेखि  पुस ७ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ। 

लगानीकर्ताले इच्छुक आवेदकले मंसिर २९ गतेदेखि  पुस ७ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

शेयर लिलामीको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया