महिला लघुवित्तको ५० प्रतिशत लाभांश आज पारित हुने

४ बर्ष अगाडि

काठमाडौं - महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । 

संस्थाको कार्तिक २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको चौँथो वार्षिक साधारण सभा आज मंसिर २२ गते, बुधबार हिमालयन दृश्य रिसोर्ट, धुलिखेल(-३, काभ्रेमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २।५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया