सर्वोच्चले सरकारलाई सोध्यो - सेबोन ढुंगानालाई किन बर्खास्त गरेको ?

४ बर्ष अगाडि

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन) का पुर्व अध्यक्ष भिष्मराज ढुंगानाको मुद्दामा सुनुवाई गर्दै सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ ।

बोर्डका तत्कालिन अध्यक्ष ढुंगानालाई किन बर्खास्त गरेको हो भन्दै सर्वोच्चले नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधिश तेजबहादुर केसीको एकल इजलाशले ढुंगानालाई बर्खास्त गर्नुको कारण माग गर्दै नेपाल सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

सरकार आफुलाई गैर कानुनी रुपमा हटाएको र आफुमाथि अन्याय भएको भन्दै पुनर्बहालीको लागि कात्तिक ७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

तर सर्वोच्चले ढुंगानाको माग बमोजिम अन्तरिम आदेश जारि नगरेपनि सरकारको नाममा हटाउनुको कारण देखाउ आदेश जारी गरेको हो ।

ढुंगानालाई अर्थ मन्त्रालयको सिफारिसमा असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया