मुलुकको एकीकरण गरेकाले पृथ्वीनारायणको सम्मान :– रक्षामन्त्री

७ बर्ष अगाडि

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आधुनिक नेपालको एकीकरण गरेकाले पृथ्वीनारायण शाहप्रति सिंगो राष्ट्रले आदरभावका साथ सम्मान व्यक्त गरेको बताउनु भएको छ । 

उपप्रधानमन्त्री पोखरेलले सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्मान गरिरहँदा निरंकुश राजतन्त्रको चर्चा गरेको रुपमा बुझ्न नहुने पनि स्पष्ट पार्नु भयो । शुक्रबार बिहान ‘२ सय ९७ औं पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवस’को अवसर पारेर काठमाडौंमा आयोजित ¥यालीसहितको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै जाति, भाषा र संस्कृतिलाई एउटै छातामुनि गोलबन्द गरेर नेपाल एकीकरण गर्नु भएका पृथ्वी नारायण शाहलाई देशप्रति माया राख्ने हरेक नेपालीले सम्मान गर्ने पनि उल्लेख गर्नु भयो । उपप्रधानमन्त्री पोखरेलले नेपालको एकीकरण गरेर स्वाधिन र स्वतन्त्र राष्ट्रको रुपमा नेपाली नागरिक बन्ने अवसर पृथ्वीनारायण शाहले प्रदान गर्नु भएको उल्लेख गर्दै उहाँको सो योगदानबारे भावी पुस्तालाई पनि जानकारी गराउने उद्देश्यका राष्ट्रिय एकता दिवसलाई देशभर मनाइएको पनि बताउनु भयो ।

बाइट...ईश्वर पोखरेल, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य कला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानको आह्वानमा कमलादीस्थित प्रज्ञा भवनबाट निस्किएको ¥याली कमलादी, घण्टाघर, भद्रकालीहुँदै सिंहदरबारको मूल गेटस्थित पृथ्वीनारायण शाहको शालिकसम्म पुगेको थियो । ¥यालीमा आधुनिक नेपालका राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्वीरलाई नेपाली सेनाको बग्गीमा राखेर परिक्रमा पनि गराईएको थियो भने विभिन्न जातीय तथा सांस्कृतिक झलक दिने पहिरन पनि प्रर्दशन गरिएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया