तीन महिनामा करिब १४ लाख म्यादी बीमामा जारी, १ अर्ब बढी बीमाशुल्क आर्जन

४ बर्ष अगाडि

काठमाडौं, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले सामान्य र विषेश म्यादी जीवन बीमा गरी १३ लाख ९४ हजार २६७ वटा म्यादी बीमाले जारी गरेका छन् । त्यसबाट बीमा कम्पनीरुले एक अर्ब १४ करोड १६ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ३.०६ प्रतिशत हो ।

यस्तै, लघु जीवन बीमाबाट पनि जीवन बीमा कम्पनीहरुले १ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यस अवधिमा बीमा कम्पनीहरुले १ लाख ६५ हजार २०२ वटा लघु जीवन बीमालेख जारी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले ५ हजार २७ वटा अन्य जीवन बीमालेखहरु जारी गरी ७३ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांकले देखाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया