स्रोत नखुलेको साढे ६९ लाख सहित एक जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं,प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित सर्लाहीका एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको दबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलबाट स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ सहित सोही पसलका मनेजेरलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं सामाखुसी बस्ने सर्लाहीको बरथवा घर भएका २२ वर्षीय होरोसी खनाल रहेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा १ हजार दरको ४९ लाख रुपैयाँ र ५ सय दरको २० लाख ५० हजार रुपैयाँ गरी उक्त रकम फेला पारी उनलाई पक्राउ गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया