काठमाडौं, साताको तेस्रो दिन (मंगलबार) शेयर बजार फेरी दोहोरो अंकले घटेको छ । हिजो दोहोरो अंकले बढेको शेयर बजार आज पुन ओरालो लागेको हो ।
नेपाल स्टक एक्सेन्च (नेप्से) परिसूचक ३७.१८ अंकले घटेर २५०८.५१ विन्दुमा पुगेको छ । नेप्से १.४६ प्रतिशतले घटेको हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.८५ अंकले घटेर ४७४.१३ विन्दुमा झरेको छ ।
कारोबारमा आएका कूल २३१ वटा कम्पनीको ८३ लाख ३० हजार ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
कूल १३ उपसमूहमध्ये आज एक मात्र उपसमूहको शेयर बढेको छ भने बाँकी १२ उपसमूहको शेयर घटेको हो ।
मंगलबार प्राइम कमर्सियल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको १२ करोड ३६ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज सिटिजन म्युच्अल फण्डको शेयरमूल्य सर्वाधिक वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य ४.६५ प्रतिशतले बढेको हो ।
प्रतिक्रिया