काठमाडौं, महिला लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा भोलि (बुधबार) हुदैँछ । सभा हिमालय दृश्य रिर्सोट धुलिखेलमा बिहान १०ः३० बजे बस्ने हुनेछ
उक्त सभाले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरेर कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि मंसिर १६ गते नै एक दिन बुक क्लोज गरिसकेको छ । जसअनुसार मंसिर १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिई कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
प्रतिक्रिया