नगद ४० हजार सहित तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं, प्रहरीले तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्‍वर नगरपालिका ८ माकालबारीमा किरण गौतमको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने कञ्चनपुर महेन्द्रनगर घर भएका २८ वर्षीय जगत नाथ सहिथ ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

उक्त घरमा हारजित हुने गरी जुवातास खेलीरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार २ सय २० रुपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया