एक्सेल डेभलपमेन्ट बैंकको ८७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिनु पर्ने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं, एक्सेल डेभलपमेन्ट बैंकका ३ जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८७ हजार १०० कित्ता शेयर बिक्री गर्ने भएका छन् । जसमा संस्थापक शेयरधनी शेखरराज बस्ताकोटीले ७० हजार कित्ता, इन्दु तुलाधारले १० हजार कित्ता र दिपक कुमार सरावगीले आफ्नो नाममा रहेको ७ हजार १०० कित्ता शेयर बिक्री गर्न लागेका हुन् । यसमा एक्सेलकै संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक संस्थापकले आज (मंसिर २१ गते)  को ३५ दिनभित्र एक्सेलको प्रधान कार्यालय विर्तामोड झापामा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया