साढे ८ लाख कित्ता आईपिओ निष्कासनको तयारीमा राष्ट्र उत्थान लघुवित्त, पुस १५ गते डाक्यो साधारण सभा

४ बर्ष अगाडि

काठमाडौं, राष्ट्र उत्थान लघुवित्तले पुस १५ गते वार्षिक साधारण सभा बोलाएको छ । 

सभा कम्पनीको केन्द्रीय कार्यालय साँगा बनेपामा दिउँसो १ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन र लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पनि रहेको छ  । 
 
कम्पनीले ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी पनि गरेको छ । आइपीओ निष्काशन गर्न कम्पनीले बोर्डसँग अनुमति पनि मागिसकेको छ । अब बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ । यसमा बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले गर्नेछ । 
 
राष्ट्र उत्थानले आइपीओ निष्कासनका लागि रेटिङ पनि सम्पन्न गरेको छ । यस आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूआर बीबी’ रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम जोखिम रहेको भन्ने पनि जनाउँछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया