काठमाडौं, ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘ग्लोबल आइएमई समुन्नत योजना–१’ को आर्थिक वर्ष २०७७/७८ का लागि घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ।
प्रतिफल वितरण प्रयोजनार्थ क्यापिटलले भोलि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले आज मंसिर २१ गतेसम्म कायम इकाइधनीहरुमात्रै यो योजनाको बम्पर लाभांश पाउन योग्य हुनेछन्।
गत असोज २४ गते बसेको योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको बैठकले यस योजनाका इकाइधनीहरुलाई करसहित सतप्रतिशत अर्थात १०० प्रतिशतका दरले हुन आउने नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसअनुसार इकाइधनीहरुलाई १ अर्ब रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।
प्रतिक्रिया