प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट अध्यक्षमा विष्णु सापकोटा निर्वाचित

४ बर्ष अगाडि

काठमाडौं, प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट बिष्णु सापकोटा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । 

मंसिर १८ र १९ गते चितवनमा सम्पन्न महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति, सल्लाहकार समिति, नीति तथा परामर्श समिति, अनुशासन समिति र लेखा समिति पनि गठन गरेको छ । 

अध्यक्ष बाहेकका अन्य पदाधिकारी भने अब बस्ने केन्द्रीय कमिटीले  निर्वाचित गर्ने जनाइएको छ । प्रेस सेन्टरको विधानअनुसार अध्यक्षसहित ३९ जनाको पदाधिकारी रहने ब्यबस्था छ ।  सम्मेलनमा देशैभरबाट ७०० जना प्रतिनिधिको उपस्थिति रहेको थियो  ।

४ बर्ष अगाडि

प्रतिक्रिया